काठमाडौं । सरकारले आफ्नो निर्णयअनुसार कोरोनाका विरामीका लागि बेड नछुट्याए पीसीआर टेष्टका लागि दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाई वेड कोरोनाका लागि छुट्टयाउनु पर्ने निर्णय गरेको छ ।
तर कोभिड र ननकोभिडका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नु घातक हुने निजी अस्पतालहरुले बताएका छन् । सरकारले चाहे केही निजी अस्पताललाई पूर्ण रुपमा कोभिड अस्पताल बनाउन सक्ने निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन आफ प्राइभेट हेल्थ इन्स्टिच्युट आफ नेपाल (अफिन) ले बताएको छ ।
प्रतिक्रिया दिनुहोस