२०८० फागुन १७, बिहिबार | Thu, 29, Feb, 2024

पत्रकार दम्पतीलाई ज्यान मार्ने धम्कीप्रति इन्जाको विज्ञप्ती

  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६३८ पाठक संख्या
  • बेल्जियम/नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रीय संजाल ( इन्जा)युरोपकी कोषाध्यक्ष बेल्जियम निवासी पत्रकार निलम घिमिरे सापकोटालाई बेल्जियमकै विरेन्द्र मल्ल लगायतको टोलिले ज्यान मार्ने धम्की दिएको प्रति इन्जा युरोपको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रीय संजाल (इन्जा ) युरोपका महासचिव दीपक धितालद्धारा अस्ताक्षरित विज्ञप्तीमा नेपालप्लस अनलाइन पत्रिकामा लिखित ‘बेल्जियममा तिन दर्जन भन्दा बढि नेपालीमा कोरोना : चार जना आइसियूमा’ शीर्षकको समाचारलाई लिएर मल्ल सहितका ब्यक्तिहरुले पत्रकार घिमिरेलाई अपशब्द प्रयोग गर्दै रातको समयमा घर घेरेर दुर्व्यवहार गरेको र ज्यान मार्ने सम्मको धम्की दिएको घटनाको निन्दा गरेको छ । वित्रप्तीमा भनिएको छ–‘राती राती फोन गर्दै घिमिरे पतिलाई समेत बाँकी नराख्ने भन्दै निरन्तर आएको धम्कीप्रति हामी चुप रहन सक्दैनौं ।’

    समाचारमा उल्लेखित बिषयहरुमा चित्त नबुझे कानूनी रुपमा उपचार खोज्ने, सम्बन्धित संचार माध्यममा खण्डन पठाउने लगायतका विभिन्न उपाय हुँदाहुँदै ब्यक्तिगत रुपमा दुव्र्यवहारमा उत्रिनु बिल्कूल गलत र भत्सर्नायोग्य भएको भन्दै कोरोना महामारीको यो संकटमा कोरोना नियन्त्रणका लागि सम्बन्धित देशले ल्याएको नियमको बर्खिलापमा गएर न्युनतम सावधानीका उपाय समेत अबलम्बन नगर्ने सो समुहले उल्टै कोरोनाबाट जोगिउँ र जोगाउँ, समुदायमा कोरोना फैलन नदिउँ भन्ने उद्देश्यले प्रकाशित समाचारलाई लिएर पत्रकार घिमिरे माथि दुव्र्यबहारमा उत्रनु पटक्कै शोभनिय बिषय होईन भनिएको छ ।

    यस प्रकारका गतिविधी जारी रहेमा सम्बन्धित मुलुकको कानून बमोजिम पत्रकार घिमिरेको सुरक्षाको निम्ति आवश्यक कानूनी सहयोग खोज्न संस्था अघि बढ्ने समेत इन्जाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस