२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

नेकपा एमाले दल दर्ता, अब के गर्छन माओवादी ?

  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • ३४८ पाठक संख्या
  • निर्वाचन आयोगले ३२ औं पार्टीको रुपमा नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो ।

    तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि अस्तित्वमा नभएको नेकपा एमाले दल निर्वाचन कार्यालयमा बुधवार दर्ता भएको हो ।

    नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोपसमेत प्रचण्डसहितका नेताहरुले लगाएका थिए ।

    निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।

    कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस