२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

पाँचखाल र चौरीदेउराली, भुम्लु र शैलुङलाई उज्यालो नेपालको स्वास्थ्य सामाग्री

  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ५६७ पाठक संख्या
  • काभ्रेपलाचोक/काभ्रेको पाँचखाल नगरपालिका, चौरीदेउराली गाउँपालिका, भुम्लु गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकालाई कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि केहि जुझारु युवाहरुको पहलमा काठमाडौमा रहेको उज्यालो नेपाल नामक संस्थाले निःशुल्क स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ ।

    उज्यालो नेपालले पाँचखाल नगरपालिका र शैलुङ गाउँपालिका कार्यालय पुगेर मेडिकल मास्क ५ हजार थान, भिटिएम किट ३०० थान, सेनिटाईजर ५ सय एमएलको १५ बोटल, फेस शिल्ड २० वटा, स्प्रे सेनिटाईजर ७ वटा प्रदान गरेको छ । पाँचखालमा उज्यालो नेपालका उपाध्यक्ष एवं पाँचखाल नगरका प्रवक्ता संजय तामाङ र उज्यालो नेपालका कोषाध्यक्ष सोनम शेर्पालगायतले हस्तान्तरण गर्नुभयो ।

     

    त्यस्तै काभ्रेको चौरी देउराली गाँउपालिकाको कार्यालय ढाडखर्कमा पुगेर वडा नं. ६ का वडाअध्यक्षका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका युवा नेता किशोर गिरीको नेतृत्वमा गाउपालिकाका उपप्रमुख तारादेवि चौलागाईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
    उज्यालो नेपाल संस्थाद्धारा प्राप्त ४ हजार थान मेडिकल मास्क, २ सय थान भिटिएम किट, १० पिस पाचँसय एमएलका सेनिटाइजर, ५ थान स्प्रे सेनिटाइजर र १५ थान फेस कभरलगायतका सामाग्री प्रदान गरिएको गिरीले बताउनुभयो ।

    यस्तै भुम्लु गाउँपालिकामा समेत ४ हजार थान मेडिकल मास्क, २ सय थान भिटिएम किट, १० पिस पाचँसय एमएलका सेनिटाइजर, ५ थान स्प्रे सेनिटाइजर र १५ थान फेस कभरलगायतका सामाग्री हस्तान्तरण भएको छ ।

    कार्यक्रममा उज्यालो नेपालका उपाध्यक्ष एवं पाँचखाल नगरका प्रवक्ता एवं युवा नेता संजय तामाङ ,सोनम शेर्पालगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस