२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

कोरोना भाइरस संक्रमणबाट मंलबार ७ जनाको मृत्यु (को को परे विस्तृत रुपमा)

  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • २२९ पाठक संख्या
  • कोरोना भाइरस संक्रमणबाट मंलबार ७ जनाको मृत्यु भएको छ । काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी पश्चिम, बाँके र बर्दियामा १/१ जनाको मृत्यु भएको हो ।

    काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । पिसाब बन्द हुने समस्या देखिएपछि उहाँ धुलिखेल अस्पतालमा उपचार गराउन जानुभएको थियो ।

    तनहुँको ब्यास नगरपालिका९१ अम्रेनिकी ५० वर्षकी महिलाको मृत्‍युपछि कोरोना संक्रमण पुष्टि भएको हो । पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा उहाँको सोमबार राति मृत्यु भएको थियो ।

    नवलपरासी पश्चिमका ३८ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार विहान पाटन अस्पतालमा मृत्यु भएको छ । उनी नवलपरासी पश्चिमका कांग्रेस उपसभापति सुवासचन्द्र गिरी हुन् ।

    चितवनको खैरहनी नगरपालिका(३ कि १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । वृद्धाको गएराति पौने एक बजे नै मृत्‍यु भएको र मंगलबार दिउँसो रिपोर्ट पोजेटिभ आएको उनका परिवारका सदस्य कमल पाठकले जानकारी दिए ।

    नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा नेपालगञ्ज उपमहानगरपालिका– ५ का ६२ वर्षका पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । साउन ३२ गते अस्पताल भर्ना भएका उनको सोमबार पीसीआर परीक्षणको रिपोर्ट आउँदा कोरोना संक्रमण देखिएको थियो ।

    बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय पुरुषको मृत्‍युपछि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार विहान साढे १ बजे मृत्यु भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि मंगलबार दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

    प्रतिक्रिया दिनुहोस