२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेमा प्रहरी सहित ४ कोरोना संक्रमित थपिए, ९७ पुग्यो

  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • २५० पाठक संख्या
  • काभ्रे जिल्लामा प्रहरी सहित ४ कोरोना संक्रमित थपिएका छन् ।

    भर्खरै प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेका २ जना प्रहरी, स्पाईनल इन्जुरीमा कार्यरत एक जना स्वास्थयकर्मी तथा धुलिखेलका एक स्थानीय (वकील)मा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरीका २ जना विदा बसेर आएका धुलिखेलमा रहेको क्वारेन्टाईनमा बसिरहेका जिल्ला प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिनुभयो ।

    काभ्रेमा आजै मात्र १७ जना कोरोना संक्रमण देखिएको छ । यस अघि एकै परिवारका ७ जना र धुलिखेल अस्पतालमा ६ जना कोरोना संक्रमित थपिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत २ जना प्रहरीमा कोरोना पोजेटिभ देखिएका प्रहरी कर्मचारीहरु विदाबाट फर्किएर सँजिवनी क्वारेन्टाइनमा रहेको र हाल निजहरुलाइ आइसोलेसनमा राखिएको हुँदा जिल्ला प्रहरी कार्यालयबाट हुने सेवा प्रबाहमा कुनैपनि अबरोध नरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएस्पी कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस