२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

कोरोना रोकथामका लागि सीडीओलाई अधिकार

  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • २९१ पाठक संख्या
  • मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीयो) हरुलाई विभिन्न अख्तियारी दिने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सीडीओको नेतृत्वमा रहने ‘जिल्ला कोरोना संकट समिति’लाई जोखिम विश्लेषण गरी संक्रामक रोग ऐन २० अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभरी वा जिल्लाको कुनै भागमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निशेधाज्ञा जारी गर्न सक्ने अधिकार दिने निर्णय गरेको छ ।

    ती स्थानमा रहेका कार्यालयमा न्यूनतम कर्मचारी र अन्य कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउने व्यवस्था गर्न निर्देशन सरकारले दिएको छ । यातायात, सिमानामा आवतजावत, गोष्ठी, सेमिनार, जात्रा, पर्व जस्ता गतिविधि नगर्न यसअघिका निर्देशनलाई पालना गर्न पनि सरकारले अनुरोध गरेको छ । सुरक्षा मापदण्ड पालना नगरेमा र स्वास्थ्य सर्तकता नअपनाएमा प्रमुख जिल्ला अधिकारीलाई कारवाही गर्न निर्देशन दिएको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले मंगलबारको प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस