२०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024

पुनः लकडाउन गर्ने सरकारको तयारी

  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • २५१ पाठक संख्या
  • काठमाण्डौ / कोरोना संक्रमितको संख्या ह्वात्तै बढदै गएपछि सरकारले पुनः लकडाउन गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको खाका ल्याउन कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर लाई निर्देशन दिनुभएको एक मन्त्रीले जानकारी दिनुभयो ।

    निर्देशक समितिको बैठक भोली (बुधवार) बस्दैछ । एक मन्त्रीका अनुुसार प्रधानमन्त्री ओली तत्काल लकडाउन गर्ने मनस्थितिमा रहुनुभएको छ, अब बस्ने मन्त्रीपरिषद्को बैठकमा निर्णय हुने उहाँकाृ भनाई छ । सिसिएमसीले सुझाव दिए लगत्तै बुधवार प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग अनौपचारिक रुपमा छलफल गर्ने कार्यक्रम रहेको श्रोतको भनाई छ ।

    सरकारले गत चैत्र ११ गतेदेखि असार पहिलो सातासम्म लकडाउन गरेको थियो । चौतर्फी दबाब परेपछि सरकारले लकडाउन खुला गर्ने निर्णय गरेको थियो । तर देशभर कोरोना संक्रमितको संख्या बढेसँगै सरकार पुनः लकडाउन गर्ने गृहकार्यमा जुटेको हो ।

    प्रतिक्रिया दिनुहोस