कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले विदेशबाट हुने चार्टर्ड उडान रोक्न सरकारलाई आग्रह गरेको छ। केन्द्रले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन र परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै रोक्न आग्रह गरेको हो।
होटल क्वारेन्टाइन तयार भइनसकेकाले उडान स्थगन गर्नुपर्ने केन्द्रको पत्रमा उल्लेख छ। केन्द्रको निर्णयअनुसार यसअघि तयारी अवस्थामा रहेका चार्टर्ड उडान अनिश्चितकाल स्थगित भएका छन्।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केन्द्रको पत्रअनुसार नागरिक उड्डयन प्राधिकरणमार्फत अनुमति पाएका उडान रोक्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस