कोरोनाको उपचार गराईरहनुभएका धुलिखेल ७ का ९८ बर्षीय जेष्ठ नागरिकको निधन भएको छ ।
धुलिखेल नगरको विकासमा योगदान पु¥याउनु भएका समाजसेवी ९८ बर्षीय जेष्ठ नागरिकको धुलिखेल अस्पतालमा उपचारको क्रममा मंगलबार विहान निधन भएको अस्पतालले जानकारी दिएको छ ।
छोरा बुहारीका साथमा बानेश्वर बस्नु भएको उहाँ ९८ औ जन्म उत्सव मनाउन धुलिखेल आउनुभएको थियो । २०७७ साउन २७ गते कोरोना पुष्टी भएको थियो ।
उहाँमा कोरोना पोजेटिभ देखिए लगत्तै उहाँसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टी भएको छ । उहाँहरु दुबै जना होम आईसोलेशनमा रहनुभएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।
९८ बर्षिय समाजसेवीको पशुपतिको विद्युत्तिय शवदाह गृहमा अन्त्येष्टी गरिने तयारी भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी दिनुभयो । उहाँसँगै जिल्लामा कोरोनाको कारण निधन हुने २ पुगेको छ । यस अघि पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ बर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौमा निधन भएको थियो ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा संक्रमति देखिएका ८० मध्ये २ को निधन भएको, ३४ जना उपचार पछि घर फर्किएको र बाँकी उपचारार्थ रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस