काभ्रेको भुम्लु गाउँपालिका ६ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भुम्लु ६ का २८, ३५, ३६ र ५८ बर्षिय व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
बैदेशिक रोजगारबाट फर्किएका तथा शहरबाट गाउँ फर्किएकाहरु निर्वाध हिडडुल गरेका कारण समुदायमा कोरोना संक्रमण दखिएको स्थानीयले बताएका छन् । भुम्लु गाउँपालिकामा सोमबार थपिएका चार ब्यक्ति समुदायमा खुलेआम हिडिरहेको आरोप स्थानीयको छ ।
गत साउन २६ गते कोरोना पुष्टि भएका युवा को सम्पर्कमा आएका चार जनामा संक्रमण देखिएको हो ।भारतबाट गाउँ फर्किएर झुटो बयान दिई खुलेआम हिडिरहेका युवाबाट अन्य ब्यक्तिहरुमा संक्रमण फैलिएको स्थानीयको आरोप छ ।
यो सँगै जिल्लामा संक्रमण हुनेहरुको संख्या ८० पुगेको छ भने ३२ जना निको भएर घर फर्किसकेका थिए ।
प्रतिक्रिया दिनुहोस