२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

कोरोना लाग्दैन नेकपाका नेताहरुलाई ? आफै निर्णय गर्ने आफै उलङ्घन गर्ने ?

  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ३ साल अघि
  • ११४६ पाठक संख्या
  • आफ्नैै सरकार र नेकपा पार्टी काभ्रेको निर्णय नेकपाकै नेताहरुबाट उलङ्घन

    काभ्रेपलाञ्चोक/ नेकपा काभ्रेका केही नेताहरुले कोरोनाको महामारीका बीच सरकारको आदेश उलंघन गर्दै सभा र सभारोह गर्न थालेका छन् ।  जिल्ला प्रशासन कार्यालय काभ्रे, नेकपा जिल्ला कमिटी काभ्रे, पनौती नगरपालिका पनौती र पनौती नगरपालिका वडा नं ११ ले जारी गरेको साबवजनिक सूचनालाई समेत अटेर गरी अगुवा कार्यकर्ता भेलाका नाममा सभा र समारोह गर्न थालेपछि स्थानीयबासीहरुमा त्रास बढेको छ ।

    पनौती नगरपालिकाले निकालेको विज्ञप्ती

     

    जिल्ला प्रशासन कार्यालय काभ्रेले निकालेको विज्ञप्ती

    शुक्रबार जिल्ला प्रशासन कार्यालय, नेकपा काभ्रे र पनौती नगरपालिका, र पनौती नपा वडा नं ११ ले सूचना जारी गरेर भेला, सेमिनार, गोष्ठी, बिबाह भोज नगर्न सम्पूणर्मा अनुरोध गर्दा पनि नेकपा पनौती कमिटीले शनिवार बल्थलीमा सभा नै आयोजना गरेपछि स्थानीयबासीहरुमा त्रास बढाएको छ ।

    नेकपा काभ्रेले भेला, सेमिनार नगर्न निकालेको विज्ञप्ती

     

    कार्यक्रम नेपाल सरकारका पूर्ब सूचना तथा सञ्चारमन्त्री एबं नेकपाका केन्द्रिय सदश्य गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा आयोजना गरिनुले सरकार र पार्टीको समेत खिल्ली उडाएको स्थानीयबासीले बताएका छन् । । सरकार सभा सम्मेलन, भेला नगर्न सर्वसाधाराणहरुलाई सूचित गर्छ तर पूर्व मन्त्री भइसकेका नेकपाका नेताहरु नै लावालस्कर लाएर कार्यक्रम गर्छन् यो के हो? उनीहरुले प्रश्न गर्दै भने कार्बाही हामी जनतालाई मात्र की नेताहरुलाई पनि हुन्छ ? यदी कोरोना संक्रमण भयो भने को जबाफदेही हुने उनीहरुले चिन्ता ब्यक्त गरे ।

    पनौती नगरपलिका वडा नं ११ ले निकालेको विज्ञप्ती

    उता जनताको मतबाट निर्वाचित भएका वडाध्यक्षले समेत मेयर र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेर महामारी निम्तन सक्ने कार्यक्रम नगर्नुस् भनेर अनुरोध गर्दा समेत नगरपालिका र प्रमुख जिल्ला अधिकारीले बेवास्ता गरेको पनौती नगरपालिका वडा नं ११ का वडाध्यक्ष तारामान लामाले बताउनुभयो ।

    पनौती नगरपालिका वडा नं ११ स्थित बल्थलीमा आयोजित कार्यक्रममा पूर्ब सूचना तथा सञ्चारमन्त्री आउने खबर पाएका स्थानीयहरुले ७० करोड कहाँ गयो? भ्रष्टाचारीलाई कार्बाही गर्नु पर्छ भन्ने पर्चा छरेका थिए । पूर्ब मन्त्री बाँस्कोटा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएको थियो । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताउनुभएको छ । पार्टी विज्ञप्ति जारी गरेर होइन, जनताको बीचमा गएर पार्टीका गतिविधि देखाउनुपर्छ, अनि मात्रै पार्टीले गतिशीलता पाउँछ”, उहाँले भन्नुभयो । नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले आफ्नै पार्टीभित्र निषेधको राजनीति नगरी खुल्लमखुला राजनीति गर्न चेतावनीसमेत दिनुभएको छ ।उहाँले बिभिन्न पार्टीबाट नेकपामा प्रबेश गर्नेहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो ।

    स्थानीयले कार्यक्रमस्थल वरपर छरिएको पर्चा

     

    अझ पनौती नगरपलिकाका नगर प्रमुख भिम न्यौपानेले आफैले शनिवार गरेको निर्णयलाई उल्ट्याउँदै भेलामा उपस्थित भएर भाषण नै गर्नुभयो ।

    कार्यक्रममा मन्तब्य राख्नुहुँदै पनौती नगरपालिका प्रमुख

     

    कार्यकर्ता भेलामा नेकपाका नेता प्रदेश सांसद बसुन्धरा हुँमागाई लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस