नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रवार १०० पुगेको छ।
कुल संक्रमितको संख्या २५ हजार ५५१ पुग्दा मृतकको संख्या १०० पुगेको हो। मृत्यु हुनेमध्ये ७८ पुरुष र २२ महिला छन्। अहिलेसम्म १७ हजार ७७ जनाले कोरोना जितेका छन्।
मृतकमध्ये एक जनाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक जानकारी गराएको छैन। शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस