२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

सिन्धुपाल्चोकमा भिषण पहिरो :२६ घरका ५०–५५ जना पुरिए, पहिरो झरिरहेकोले उद्धारमा कठिनाई

  • २०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३४२ पाठक संख्या
  • सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा २६ वटा घर पुरिएका छन् । त्यस टोलका ५०–५५ जना पुरिएको स्थानीय नीमा छिरिङ दोङले जानकारी दिनुभयो ।

    नीमा छिरिङका अनुसार उहाँकै परिवारका ३ जना सदस्य पहिरोमा परेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म प्रहरी, सेना, तथा जनप्रतिनिधिहरु कोही पनि त्यस ठाउँमा पुगेका छैनन् ।

    शुक्रबार बिहान करिब ६ बजेर ४२ मिनेटमा आएको पहिरोले अझै ३०–३५ घर अझै जोखिममा रहेका छन् ।
    अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन ।

    १९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

    तस्वीर : विष्णु क्षेत्रीको फेसबुकवाट

    प्रतिक्रिया दिनुहोस