काठमाडौं/ १० लाख रुपैंयाको प्रलोभनमा परेर नक्कली भाञ्जा बन्दै मिर्गौला बेचे शन्तोष राईले। तर वाचा गरे अनुसार पैसा पाएनन्। ८ लाख जति मात्र पैसा पाएपछि अशन्तुष्ट बनेका थिए उनी। कताकताबाट यो सूचना प्रहरीकोमा पुग्यो। प्रहरीले अनुसन्धानका लागि मिर्गौला दिनेदेखि नक्कली नातेदार बन्ने, मिर्गौला प्रत्यारोपणको अनुमती दिने अनी प्रत्यारोपण गर्ने चिकित्सकसम्मलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।
यो प्रकरणमा बुधबार ललितपुर जिल्ला अदालतले थुनछेक बहस सक्काएर कारागारमै राखेर मुद्धा प्रक्रिया अगाडि बढाउने कि धरौटी या तारेखमा छाड्ने आदेश दिँदा मिर्गौला दिनेदेखि लिएर चिकित्सकहरुसम्मको नाममा धरौटी निस्कियो।
जिल्ला अदालतको आदेश अनुसार नक्कली भाञ्जा बनेका राईको नाममा २० हजार धरौटी निस्कियो। कलेज अफ मेडिकल साइन्सेज (भरतपुर मेडिकल कलेज) को अङ्ग प्रत्यारोपण समितीका चिकित्सक, कानुनी सल्लाहकार र चितवन जिल्ला प्रशासनका अधिकृतको नाममा ५०/५० हजार रुपैयाँ धरौटी माग भयो।
नक्कली भाञ्जा बनाउन संलग्न देखिएका मृगौला लिने व्यक्तिकी बहिनी जमुना बतास, मध्यस्थकर्ता बनेका रेश्मा राई र योगेन्द्र थपलियासँग अदालतले चार-चार लाख रुपैयाँ धरौटी माग्यो। ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन तथा ललितपुर जिल्ला प्रशासनका दुई जना कर्मचारीसँग ५०-५० हजार रुपैयाँ धरौटी मागियो।
चिकित्सक पक्राउप्रति केही अशन्तुष्टि देखिए पनि अदालतले चितवन मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत ५५ सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेत, नोबेल अस्पतालकाचिकित्सक डा. राकेशकुमार बर्मासँग धरौटी लिएको छ।
नेपाल प्रहरीका सहायक निरीक्षक भीमप्रसाद खनाल र नायब निरीक्षक योगेन्द्रराज थपलिया पनि धरौटीमा निस्किए।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले यो केसलाई मावन वेचविखनमै अगाडि बढाउन खोजेको थियो। पहिला यही अभियोग लाग्थ्यो यस्तो केसमा । तर यो पाली भने वेचविखन नभई मानव अङ्ग प्रत्यारोपण कानुन अनुसार मुद्धा अगाडि बढाइएको थियो। मानव वेचविखनका प्रावधानहरु अङ्ग प्रत्यारोपणको तुलनामा अली कडा थिए।
सुविधासँगै भित्रिएको अपराध
नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा नहुँदा मिर्गौला बदल्नै पर्ने विरामीहरु भारत या आर्थिकगच्छे अनुसारका देश गएर प्रत्यारोपण गर्दै आएका थिए। त्यो बेलामा कानुनी दायरा अनुसार मिर्गौला दान दिन मिल्ने दाता नमिले नक्कली आफन्त बनाएर प्राय भारत पूर्याएर मिर्गौलाको कारोबार हुने गरेको थियो।
काभ्रेको होक्से गाउँ त यस्तै नक्कली आफन्त बनेर मिर्गौला वेचेकाहरुको गाउँकै रुपमा बदनाम समेत भएको थियो। प्रविधी र दक्ष जनशक्तीको विकाससँगै नेपालमै मिर्गौला प्रत्यारोपण सम्भव भयो। नेपालमा प्रविधी मात्र भित्रिएन मिर्गौला किनवेचको कालो धन्दा पनि भित्रियो। यस अगाडि पनि यस्तो धन्दामा चिकित्सक र अस्पताल मुछिदै आएका थिए।
किन विवादमा पर्छन् अस्पताल !
भरतपुर अस्पताल मात्रै हैन यस अगाडि पनि यसरी नक्कली आफन्त बनाएर मिर्गौला तस्करी गराउन सघाएको आरोपमा अन्य अस्पताल पनि विवादमा तानिदै आएका छन्। यस अगाडि निदान अस्पताल नक्कली आफन्तबाट मिर्गौला लिएको आरोपमा परेको थियो। निदानमाथि पनि नक्कली भाञ्जाबाट मिर्गौला निकालेको आरोप लागेको थियो।
सुस्त मनस्थितिबाट मिर्गौला निकालेर मिर्गौलाका विरामीमा प्रत्यारोपण गरेको केसमा भक्तपुरको मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुर पनि विवादमा आएको थियो। मानव अङ्ग प्रत्यारोपण कानुनले तोकेको भन्दा बाहिरको ब्यक्तिलाई आफन्त बनाएर मिर्गौला प्रत्यारोपण गरिएको र मिर्गौला निकालिएका मानसिक रुपमा कमजोर ब्यक्ती रहेको खुलेको थियो।
हुन त प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला लिएका दाता समेत कानुनले तोके अनुसार साक्खै भाञ्जी हैन भन्दै विवाद भएको थियो। उनको प्रत्यारोपण शिक्षण अस्पताल महाराजगञ्जमा भएको थियो। तर अब यति हाइप्रोफाइल केस कसले अनुसन्धान गर्ने, कसले हो हैन भनिदिने।
कभर तस्बिर : साँकेतिक
पत्रकार केपी ढुंगानाको ब्लगबाट साभार
प्रतिक्रिया दिनुहोस