धुलिखेल/ काभ्रे जिल्लामा विहिबार एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार संघिय प्रहरी इकाई जनागालका ६ जना प्रहरी, एक जना धुलिखेल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, एक जना धुलिखेल अस्पताल बाहिर रहेको होटल व्यवसायी तथा एक जना धुलिखेल नपा ७ का सर्वसाधारण छन् । त्यस्तै एक जना जनप्रतिनिधिमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
धुलिखेल अस्पतालका एक जना स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस