२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

विश्वकप छनोटका खेल स्थगित

  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ३७० पाठक संख्या
  • सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट चरणका खेलहरु स्थगित भएका छन्। कोरोना भाइरसको जोखिम बढेको भन्दै एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बुधबार एसिया क्षेत्रको विश्वकप छनोटका खेल स्थगित गरेको हो।

    एएफसीले सन् २०२२ विश्वकप र सन् २०२३ को एसियन कप छनोटका खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ। विश्वकप र एसियन कपको छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा हुने तालिका थियो। यसअघि एएफसीले कोरोनाकै कराण गत मार्च र अप्रिलका लागि तय भएको छनोट प्रतियोगिता स्थगित गरेको थियो।

    सन् २०२१ सम्मका लागि छनोट खेल स्थगित गरेपनि एएफसीले छनोटको नयाँ मिति भने घोषणा गरेको छैन। कोरोनाको अवस्था हेरेर छनोटको नयाँ मिति तय गरिने एएफसीले जनाएको छ।

    एएफसीको निर्णयसँगै दशरथ रंगशालमा हुने तय भएको विश्वकप छनोटअन्तर्गत अस्ट्रेलिया, चाइनिज ताइपेइ र जोडर्नविरुद्धको खेल पनि स्थगित भएको छ। नेपालले घरेलु मैदानमा अक्टुबर ८ मा चाइनिज ताइपेई, अक्टुबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्ने तालिका थियो।

    सन् २०२२ को विश्वकप र सन् २०२३ को एसियन कप छनोटमा नेपाल समूह बीमा छ। नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्।
    नेपालले छनोटका ५ खेल खेलिसकेको छ, जसमा एकमा जित र चार खेलमा पराजित भएको छ।

    घरेलु मैदानमा हुने विश्वकप छनोटका तयारीका लागि भदौ १ गतेदेखि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्ने तयारी एन्फाले गरेको थियो। सोही अनुसार बन्द प्रशिक्षणमा रहेन ३४ खेलाडी, प्रशिक्षक, व्यवस्थापकसतिको कोरोना परीक्षणका स्वाब संकलन गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस