२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

२४ घन्टामा थप ११ को मृत्यू, ४ सय ८४ जना संक्रमित, ६४ जना निको भए

  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ४०४ पाठक संख्या
  • नेपालमा थप ११ को मृत्यू, ४ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

    यो सँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ ।

    प्रतिक्रिया दिनुहोस