सिन्धुपाल्चोक /नेपाली काँगे्रसका तरुण बिभागका केन्द्रीय सदस्य पासाङनृर्पु शेर्पाले भोटेकोशी गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत बितरण गरेका छन् । असार र साउन महिनाको बिभिन्न समयमा आएको बाढी र पहिरोबाट भोटेकोशी गाउँपालिकाका बुलकुटे, लार्चा, फल्पिङगाउँ, लगायतका गाउँमा जनधनको क्षति भएको थियो ।
युवा समाजसेवी समेत रहेका शेर्पाले एक लाख ५७ हजार बराबरको खाद्यन्न र नगद ५० हजार रुपियाँ पीडितलाई सहयोग गरेका छन् । भोटेकोशी गाउँपालिकामा एक सय ९३ घरधुरी बाढी र पहिरोबाट बिस्थापित भएका छन् भने दजर्नका हाराहारीमा मृत्यु भएको थियो । मृतकका परिवारहरुलाई खाद्यन्न सहित नगद सहयोग गरेका हुन् ।
भोटेकोशी गाउँपालिका अन्र्तगतका मृतक परिवार र घरजमीन गुमाएका पीडितलाई राहत बितरण गर्न जान सडक नभएपछि समाजसेवी शेर्पा र उनका टिमले पहिरो क्षेत्रमा आफैले खाद्यन्न बोकेर पीडितसमक्ष पुगेर बितरण गरेका थिए । बाह्बिसे तातोपानी सडकखण्डको डाक्लाङ, सानो डाक्लाङमा पहिरोले सडक बगाएपछि सहयोगी शेर्पा लगायत सबैले दालचामाल, तेलनुन, लगायतका खाद्यन्न बोकेर लगेका थिए । मार्मिङ स्थायी घर रहेका शेर्पाले आपनो गाउँपालिकाभित्रका नागरिकलाई परेका बिपत्तिप्रति मन रोएका कारण थोरै भएपनि खाद्यन्न र नगद सहयोग गरेका उनले बताएका छन् । बाढीपहिरोमा घरबार गुमाएका जिल्लाका अन्य स्थानमा पनि राहत उपलब्ध गराउने उनले बताएका छन् ।
नेपाली काँगे्रसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतको सुझाव अनुसार बाढीपहिरो पीडितलाई राहत दिएको समाजसेवी शेर्पाले बताए । अहिले सम्म मभोटेकोशी गाउँपालिका भित्रका बाढीपहिरो पीडितलाई राहत नपुगिरहेको अबस्थामा शेर्पा लगायतले खाद्यन्न सहयोग पुराएपछि पीडितहरुमा खुशी पलाएको छ । भोटेकोशी गाउँपालिका ५ का पहिरोपीडित चन्द्रमान प्रधानले राहत पाएपछि भोक टर्ने खुशी ब्यक्त गरेका छन् । काँगे्रसका युवा नेता समेत रहेका शेर्पासंगै भोटेकोशी गाउँपालिकाका नेपाली काँगे्रससंग आबद्धहरुले पाँच लाख भन्दा बढीको राहत पनि पीडितहरुलाई सहयोग गरेका छन् । नेपाली काँगे्रसका नेता साङबु शेर्पा, नेकाँको भोटेकोशी गाउँपालिका संयोजक साङर्दोजे शेर्पा, देवी बहादुर बुढाथोकी, सोनोर्बु शेर्पा, जाङबु शेर्पा लगायतलका संघसंस्थाले पनि खाद्यन्न सहयोग गरेका थिए ।
लायन्स अफ काठमाडौं आधार र अर्पनले पनि पीडितलाई खाद्यन्न बितरण गरेका छन् । नेपाल शेर्पा संघले पहिरोमा ६ जना परिवारका सदस्य गुमाएका ग्याल्जेन शेर्पालाई नगद एक लाख सहयोग गरेको छ भने रेडक्रस तातोपानी शाखाले पनि उनलाई भाँडाबर्तन सहयोग गरेको छ । काँगे्रससंग आबद्धहरु राहत सहित पीडितका पीडा पनि सुनेका छन् । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयमा आश्रित बिस्थापितका समस्या सम्बोधन गर्ने सहयोगीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस