फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिताको तयारी सुरु गर्नुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडी, प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारी गरी ५४ जनाको कोरोना भाइरसको परीक्षण गराएको छ।
जसमा ३४ खेलाडी, ८ अफिसयल र १२ होस्टलका कर्मचारी छन्।
सोमबार र मंगलबार पाटन अस्पतालबाट कोरोना भाइरसको परीक्षण गर्न स्वाब संकलन गरिएको छ। एन्फाले परीक्षणको नतिजा बिहीबार आउने जनाएको छ।
अहिले क्वारेन्टिनमा बसेका खेलाडी र अन्यलाई कोरोनाको परीक्षण नेगेटिभ आए मात्र भदौ १ बाट सुरु हुने बन्द प्रशिक्षणमा सहभागी गराइनेछ।
कोरोना परीक्षणको नामावली :-
खेलाडी
रञ्जित धिमाल, मिक्छेन तामाङ, विशाल राई, रविशंकर पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ, पुजन उपरकोटी, तेज तामाङ, विकेश कुथु, आसिस लामा, अजित भण्डारी, अरिक विष्ट, सेसेहाङ आङ्देम्बे, विक्रम लामा, अमित तामाङ, सुमन आर्याल, भरत खवास, सरोज दाहाल, अभिषेक रिजाल, सुवास गुरुङ, अनन्त तामाङ, सुनील बल, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेमजोङ, विकास खवास, जर्जप्रिन्स कार्की र सुजल श्रेष्ठ
अफिसियल
मधुसुदन उपाध्याय (व्यवस्थापक), कृष्णबहादुर मानन्धर, किरण श्रेष्ठ (प्रशिक्षक), विकास मल्ल (गोलकिपर प्रशिक्षक), राजु डंगोल (डक्टर), अविस्कार पुडासैनी (फिजियो), विवेक सुवेदी (मिडिया), युजल श्रेष्ठ (मिडिया)
होस्टल स्टाफ
किचेन स्टाफ–६, क्लिनर–२, हेल्पर–४
प्रतिक्रिया दिनुहोस