मंगलबार सुनको मूल्य तोलाको एक लाख सोह्र सय पुगेको छ।
सोमबार एक लाख २ हजार ४ सयमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले घटेको हो।
आज चाँदीको मूल्य १४ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
सोमबार चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस