२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

कोरोना भाइरसको खोप बनाएको रुसको दाबी

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ७०५ पाठक संख्या
  • एजेन्सी । रुसले कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको दावी गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले खोपको सफल परीक्षण भएको दाबी समेत गर्नुभएको छ ।

    राष्ट्रपति पुटिनले खोपको सफल परीक्षण भएर रुसी स्वास्थ्य मन्त्रालयले आमस्तरमा खोप लगाउन अनुमति दिएको समेत जनाउनुभएको छ ।

    ‘गाम कोभिड भ्याक ल्योए’ नामको उक्त भ्याक्सिन ठूलो संख्यामा उत्पादन गरिने राष्ट्रपति पुटिनले जानकारी दिनुभएको छ ।

    उक्त खोपको आफ्नै छोरीमाथि परीक्षण भएको र नतिजा सफल देखिएको दावीसमेत पुटिनले गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

    मंगलवार खोप पत्ता लागेको घोषणा गर्दै पुटिनले भन्नुभयो, ‘हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएका छौँ । त्यसले सरकारीस्तरमा अनुमति पनि पाएको छ ।’

    विश्वमै कोरोना भाइरसविरुद्ध बनाइएको पहिलो खोपलाई रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन इपिडिमियोलोजी एन्ड माइक्रोबायलोजीले मिलेर तयार पारेका हुन् ।

    यो भ्याक्सिन सबैभन्दा पहिले फ्रन्टलाइन स्वास्थ्यकर्मी, शिक्षक र जोखिममा परेका मानिसलाई लगाइने पनि खबरमा उल्लेख छ ।

    विश्वको कोरोना संक्रमितका संख्यामा चौथो स्थानमा रहेको रुसमा करिब ९ लाख मानिस संक्रमणमा परेका छन् भने १५ हजारको मृत्यु भएको छ ।

    विश्वमा शक्ति राष्ट्रहरुबीच कसले पहिला खोप पत्ता लगाउने भन्ने होड चलिरहेका बेला रुसले सबैलाई उछिनेको हो ।

    प्रतिक्रिया दिनुहोस