२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

होटल रेस्टुरेन्ट बन्द, प्याकिङ गरेर बेच्न मात्रै पाइने

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • २६१ पाठक संख्या
  • सरकारले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने तर प्याकिङ गरेर खाना र खाजा भने डेलिभरी गर्न दिने निर्णय गरेको हो ।

    यसअघि गएको साउन ५ गतेको बैठकले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको थियो । तर सामाजिक दुरी पालना नगरेको, भिडभाड गरेको र कोरोनाबाट बच्नको लागि अपनाउने उपाय नअपनाएकाले होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

    पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको जोखिम बढिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस