२०८० फागुन १३, आईतबार | Sun, 25, Feb, 2024

महिलाको मृत्यूपछि पाँचखाल वडा नं १ र २ को सेवा तत्कालका लागि स्थगित

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ७९९ पाठक संख्या
  • पाँचखाल/सोमवार कोरोना संक्रमणबाट पाँचखाल नगरपालिका वडा नं १ र २ को सिमानामा पर्ने गगलेका एक ५० बर्षिय महिलाको मृत्यू भएपछि पाँचखाल वडा नं १ र २ को सेवा तत्कालका लागि स्थगित भएको छ ।

    पाँचखाल नगरका प्रमुख महेश खरेको अध्यक्षतामा बसेको नगर स्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशक समितिको बैठकले आर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गर्ने निर्णय गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । बैठकले अन्य वडाहरुमा समेत स्वास्थ्यको मापदण्ड अनुसार सञ्चालन गर्न तथा विभिन्न संघ संस्था, उद्योग, व्यापारी व्यवसायीहरुलाई समेत कोभिड सँग सम्बन्धित सुरक्षाका मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।

    मृतकका परिवारलाई समवेदना दिन घरमै पुगे नगरप्रमुख

    कोरोनाको कारण मृत्यू भएकी महिलाको परिवारलाई समवेदना दिन पाँचखालका नगरप्रमुख उनको निवासमा पुग्नुभएको छ । उहाँले मृतकका परिवारलाई भेटगर्दै परिवारको स्वावको रिपोर्ट नआउन्जेल परिवारले सहयोग गर्न अनुरोध गर्नुभयो । पाँचखालबाट काठमाण्डौ पुग्दा सम्मको अवस्थाका बारेमा सबै जानकारी दिई कन्ट्याक ट्रेसिङमा सहयोय गर्न अनुरोध गर्दै रिपोर्ट नआउन्जेल पाँचखाल वडा नं १ र २ का सेवा तत्कालका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।

    नगरपालिकाले परिवारको आर्थिक अवस्था अनुसार तत्कालको लागि ३० केजी चामल ६ केजी दाल उपलब्ध गराएको छ । । रिपोर्ट नआउन्जेल सम्म उक्त एरिया सिल गर्दै शसस्त्र प्रहरी बलले गस्ति गर्ने व्यवस्था गरेको समेत नगरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस