सरकारले विद्यार्थी भर्ना कार्यक्रम भदौ १५ गते सम्म स्थगित गर्ने निर्णय गरेको छ । सरकारले खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान समेत भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ । सरकारले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।
५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खोल्ने निर्णय गरेको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै भदौ १५ सम्म सबै स्थगित गर्न सिफारिस गरेको थियो ।
सीमामा थप कडाई
मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।
तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न निर्णय पनि भएको छ ।
तस्वीर : प्रधानमन्त्रीको प्रेस सल्लाहकारको पेजवाट
प्रतिक्रिया दिनुहोस