२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

कोरोना संक्रमणको कारण पाँचखालको महिलाको मृत्यू, कन्ट्याक ट्रेसिङ नभै बाहिर ननिस्कन नगरप्रमुखको अनुरोध

  • २०७७ श्रावण २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • ६०१ पाठक संख्या
  • ललितपुर / ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

    ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
    उनी निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी थिइन ।

    अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

    पाँचखालका भनिएका कोरोना संक्रमित पाँचखाल–१ अनेकोट गंगलेका भएको खबर प्राप्त भएको छ । छोराको शाथीहरु घरमा आएको बेलामा ४–५ दिन अगाडी काठमाण्डौ गएकी महिलालाई हिजो आईतबार उनका छोराले अस्पताल भर्ना गरेका थिए । महिलाको सोमबार विहान ९ बजे मृत्यू भएको थियो ।

    ती महिलाको शव डिस्पोजको लागि नेपाली सेनाले लिसकेको पाँचखाल वडा नं १ का वडा अध्यक्ष अष्टबहादुर लामाले जानकारी दिनुभयो ।

    कन्ट्याक ट्रेसिङ नभै बाहिर ननिस्कन नगरप्रमुखको अनुरोध

    पाँचखाल १ र २ को सिमानामा पर्ने गगलेमा एक ५० बर्षिय महिलाको कोरोना संक्रमणको कारण मृत्यू भएपछि पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले कन्ट्याक ट्रेसिङ नभै घरबाट ननिस्कन स्थानीयलाई अनुरोध गर्नुभएको छ ।

    उहाँले आफ्नो फेसबुकमा स्टेटस लेख्दै भन्नुभएको छ –‘यस विषयमा भोली विहान सबेरै पाँचखाल नगरपालिकाको आकस्मिक बैठक बसि के गर्ने भन्ने विषयमा छलफल गर्ने छौं । कोरोना संक्रमण पाँचखालमै लागेको हो की काठमाण्डौ गएर लागेको भन्ने विषयमा कन्ट्याक ट्रेसिङ नगरी थाहा नहुने भएकोले त्यस क्षेत्र तथा वरपरका स्थानीय नगरवासीहरुमा सजकता अपनाउन अनुरोध गर्दछु । कन्ट्याक ट्रेसिङ नहुनजेल सके सम्म घरबाट ननिक्लन तथा निक्लनै परे सामाजिक दुरी कायम तथा मास्क लगाएर मात्र निस्कन अनुरोध गर्दछु । पाँचखाललाई कोरोना संक्रमण बाट जोगाउन नगरवासीहरुले नगरलाई सहयोग गरिदिनुहुन पनि अनुरोध गर्दछु ।’

    प्रतिक्रिया दिनुहोस