काठमाण्डौं/ हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १६ देखि मात्रै सञ्चालन हुने भएका छन् । केहि समय अघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो ।
आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले भदौ १६ पु¥याउन सिफारिस गरेको छ । मन्त्री परिषदको बैठक सोमवार बस्दैछ ।
तर सिसिएमसीले गरेको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पास गरेपछि मात्रै यो कार्यान्वयन हुनेछ । सिसिएमसीले स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय भएको समेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस