२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

अपमान भएको भन्दै पुजाको उजुरी

  • २०७७ श्रावण २५, आईतबार मा प्रकाशित ३ साल अघि
  • ८८५ पाठक संख्या
  • काठमाण्डौ/एपी वान टेलिभिजनको ‘रजतपट’ कार्यक्रममा पत्रकार प्रकाश सुवेदीले अपमानजनक र अशोभनीय शब्द प्रयोग गरेपछि फिल्मकर्मीहरु उहाँको विरोधमा उत्रिएका छन् । पत्रकार सुवेदीले कार्यक्रममा कसैको नाम उच्चारण नगरी ‘दारे’ शब्द प्रयोग गर्नुभएको थियो । आफूप्रति लक्षित गरेर उक्त टिप्पणी गरेको पूजा शर्माको प्रतिक्रियापछि फिल्मकर्मीहरु समर्थनमा उभिएका छन् ।

    त्यस्तै अभिनेत्री शर्माले आइतवार पत्रकार सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिनुभएको छ । निर्देशक सुदर्शन थापाको साथमा संघ पुग्नुभएको शर्मा निकै भावुक हुनुभएको थियो । पत्रकार सुवेदीले कार्यक्रममा प्रयोग गरेको शब्दले आफ्नो अपमान भएको ठानेर उजुरी दिएको पुजाको भनाई छ । पुजाले चलचित्र पत्रकार संघ, एपी वान टेलिभिजनमा पनि उजुरी दिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस