काभ्रेपलाञ्चोक/तपाईहरु बाँदर, सलह, स्याल तथा बन विरालोबाट हैरानी हुनुहुन्छ ? के तपाईहरुले लगाएका अन्नबालीमा जंगली जनाबरको हालीमुहाली छ ? यदि छ भने तपाईहरु चिन्ता नगर्नुस । समान्य मुल्यमा यी जंगली जनाबर धपाउने मेसिन बनिसकेको छ । यी जनावर धपाउन यन्त्र बनेको छ ।
काभ्रेको भूम्लु गाउँपालिकाका अधिकाँस वडामा यस्ता बन्दुक बितरण गरिएको छ । पिभिसि पाईप, ग्यास लाइटर प्रयोग हुने यन्त्र (बन्दुक) एउटाको १५ सय रुपैया पर्छ ।
कोलाती कृषि प्रालिका क्रान्ति दोङका अनुसार अहिलेसम्म भुम्लु गाउँपालिका वडा न.१ सापिङमा १४ वटा, वडा न.४ चौबासमा २ वटा, वडा न.९ ज्याम्दी १० वटा, वडा न.६ कोलातीभुम्लुमा ५ वटा, भुम्लुटारमा २ वटा तथा पाँचखाल नगरपालिकालाई १० वटा तथा चौरी देउराली गाउँपालिकामा समेत वितरण गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस