पाँचखाल/ नेपाल महिला संघ पाँचखाल नगर समितिले महिला संघको ७३ औ स्थापना दिवस केक काटेर मनाएको छ ।
कोरोनाको कहरका विच सामाजिक दुरी कायम राखेर पाँचखालमा मनाईएको स्थापना दिवसमा केक काटेर एक आपसमा शुभकामना आदान प्रदान गरेर मनाईएको हो ।
कार्यक्रममा पाँचखाल नगरका उपप्रमुख लक्ष्मी दनुवारले संस्थापक मंगलादेवी सिंहको योगदानको चर्चा गर्नुभयो । उहाँले महिला संघ एकताबद्ध र संगठित भएर पार्टीलाई योगदान गरेको दिनको खुशीयाली साटासाट गरेर केक काटिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल महिला संघकी नेतृ सावित्री लामिछानेले महिला संघ के हो?, किन स्थापना भयो भन्ने विषयमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिकाका कार्यपालिका सदस्य माईली दनुवार लगायतले मन्तब्य राख्नुभएको थियो ।
नेपाल महिला संघ पाँचखाल नगरका सभापति राधा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर भित्रका महिला संघ संग आबद्ध महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थापक मंगलादेवी सिंहको तस्वीरमा माल्यार्पण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस