२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना, ४० भन्दा बढि घाईते

तस्बिरः हिन्दुस्तान टाइम्स
  • २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • २८२ पाठक संख्या
  • केरल/एयर इन्डिया एक्सप्रेसको बोइङ–७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना हुँदा ४० जना भन्दा बढि घाईते भएका छन् ।

    विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेको बिबिसीले जनाएको छ । दुबईबाट आएको उक्त विमान नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।

    विमान दुर्घटना भएरु दुई टुक्रा भएपनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन् । सबै यात्रुको उद्धार कार्य जारी छ ।

    प्रतिक्रिया दिनुहोस