रोशी/बिप्लवका कार्यकर्ता प्रेम लामा भन्ने प्रशान्त कुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
रोशी ५ सिसाखानीका मोक्तानलाई साउन २२ गते रोशी गाँउपालिका वडा नं. ०७ कटुन्जेबेशी बि.पि. राजमार्ग सडक खण्डमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएस्पी कुमार विक्रम थापाले जानकारी दिनुभयो ।
प्रतिबन्धित ने.क.पा. बिप्लव समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्यमा सक्रिय कार्यकर्ता मोक्तानलाई कानुन बमोजिम पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसूर शिर्षकमा मुद्दा दर्ता भई शुक्रवारै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट ७ को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस