ढुंखर्क/ गत साउन १७ गते दुबईबाट फर्किएकी बेथानचोक गाउँपालिका वडा नम्बर ४ की २१ वर्षीया युवतीले क्वारेन्टाइनस्थलमा नै झुन्डिएर आत्महत्या गरेकी छिन् ।बेथानचोक गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा युवती झुण्डिएकी अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।युवतीले लुगा सुकाउने डोरी प्रयोग गरेर आत्महत्या गरेको खुलको छ ।
गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा बसेकी युवती झुण्डिएको अवस्थामा फेला परेपछि उनका आफन्तले क्वारेन्टाइन व्यवस्थापनको लापरवाहीले घटना भएको बताउँदै स्वास्थ चौकी तोडफोड गरेका छन् । आफन्तहरुले क्वारेन्टाइन भवनलगाएत त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि ढुंगामुढा बर्साएका थिए ।
आक्रमण नरोकिएपछि इलाका प्रहरी कार्यालय बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो । आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दिउँसो ३ बजे घटना घटेको भएपनि स्थानीयले अवरोधका कारण शुक्रवार राती सवा ९ बजे लाशलाई पोष्टमार्टमको लागि बनेपाको शिर मेमोरियल अस्पताल ल्याउन तयारी भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र मिल्सिनाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस