२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

भारतद्धरा अतिक्रमित भुमि सहितको नक्सा सर्वसम्मत अनुमोदन भए पछि दिप प्रज्वलन

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • ९४७ पाठक संख्या
  • रामेछाप । भारतद्घरा अतिक्रमित भुमि सहितको नयाँ नक्सा प्रतिनिधि सभामा सर्वसम्मत अनुमोदन भए पछि दिप प्रज्वलन गरिएको छ । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ संसदमा अनुमोदन भए पछि रामेछापमा दीप प्रज्वलन गरिएको हो ।
    नयाँ नक्सा अनुमोदन भएको पछि अनेरास्वबियू जिल्ला कमिटी रामेछाप र राष्ट्रिय युवा संघ नेपालले मन्थलीमा दीप प्रज्वलन गरी खुसियाली मनाएको हो । मन्थली स्थित देवकोटा चोकमा लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा राखेर चारैतिरबाट दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलन कार्यक्रममा नेकपाका जिल्ला र पालिका स्तरीय नेता ,अनेरास्वबियू जिल्ला कमिटी रामेछाप र राष्ट्रिय युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस